जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता पीडितको प्रदर्शन

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता पीडितको प्रदर्शन

विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् ।

लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् ।

नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरेका छन् । आइतबार उनीहरूले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘राजनीतिक दलका नेताहरू चुनावमा भोट त चाहिन्छ नि ? हाम्रा पीडामा कहिले बोल्दिन्छौँ ?’, ‘यही देशमा जन्मिएपछि नागरिकता पाउनु हाम्रो नैसर्गिक अधिकार हो’, ‘१८ औँ शताब्दिको चिन्तन बोकेर २१ औँ शताब्दिको मानव भइँदैन’, ‘एउटै आमाबुबाको सन्तानलाई पनि विभेद किन ?’ लगायतका प्लेकार्ड सहित नारा लगाएका थिए ।

उनीहरुले सडक नै अबरुद्ध पारेर विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्