बच्चा जन्माएर फाल्ने एक महिला विराटनगरबाट पक्राउ

बच्चा जन्माएर फाल्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्मदिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगस १४ स्थित रेलको बाटो छेउको खेतमा फालेको अवस्थामा छिमेकीले भेटाएका थिए । तत्काल उनीहरुले पत्ता लगाई प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकी महिला सुस्तमनस्थिती रहेको र उनी विरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मन्जील मुकारुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्