विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट जुटमिलको मैदानमा नेपालका र भारतका १६ टिम प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको छ ।

एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टि –२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लव, भारत, जोगबनी क्रिकेट क्लव भारत, भैरहवा क्रिकेट क्लव, जनकपुर क्रिकेट क्लव, बोस्टन क्रिकेट क्लव झपा, होराईजन क्रिकेट क्लव विराटनगर, विराट क्रिकेट क्लव एण्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लव विराटनगर रहेको जानकारी दिनु भयो ।

यसैगरी पूर्णिया किकेट क्लव भारत, कानपुर क्रिकेट क्लव भारत, काठमाण्डौं किकेट क्लव, सिरहा क्रिकेट क्लव, सुनसरी–११ क्रिकेट क्लव, पूर्वाञ्चल क्रिकेट क्लव विराटनगर, प्याट्रिक क्रिकेट क्लव झापा, एमसिसिए विराटनगर गरी १६ बटा टिमको सहभागिता रहने छन् । प्रतियोगिताका विजयी हुने प्रथम हुने टीमलाई नगद रु.१ लाख ११ हजार,दोश्रोलाइ रु.५१ हजार र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रदेशमा उक्त नगद राशी पुरस्कार भएको पहिलो प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली तथा भारतीय खेलाडीको सहभागिता हुने छ भने अन्तिम खेल चैत १ गते सम्पन्न हने अध्यक्ष चौधरीले बताउनु भयो ।

प्रतियोगिता सहभागि खेलाडीहरुले उत्कृष्ट खेल कौसलको प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सफल हुने विश्वास गरिएको छ । खेल सम्पन्न गर्न रु.१८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्