सुन्दरहरैंचाबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ

सुन्दरहरैंचाबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ को रोहित भण्डारी र झापा मेचीनगर–६ बस्ने बर्ष २७ को दिलिप लिम्बु पक्राउ परेका हुन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ४९ हजार ८ सय बराबरको एनसेलको रिचार्ज कार्ड र नगद २५ हजार सहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गका अनुसार उनीहरु दुवैजना विरुद्ध मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्