नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा

<span class='c1'>नक्कली पीसीआर रिपोर्ट बनाएको</span> <span class='c2'>अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा</span>

काठमाडौं । कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पीसीआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ ।

यस्तै, अस्पतालमा स्वाब सङ्कलन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउनेजस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ ।

कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजेटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्