रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय बिरामीको उपचार

रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय बिरामीको उपचार

विराटनगर । रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय-३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन ९६३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५४ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका २४ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । त्यस्तै पाँच जना बिरामीको सामान्य शल्यक्रिया समेत गरिएको छ ।

केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं बिरामीको निःशुल्क उपचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्