नेपाल अग्रवाल सभा विराटनगरको एक समारोहका बीच पदस्थापना

नेपाल अग्रवाल सभा विराटनगरको एक समारोहका बीच पदस्थापना

विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरका नव निर्वाचित कार्यसमितिको सोमबार एक समारोहका बीच पदस्थापना गरिएको छ ।

प्रदेश सरकारका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो ।

नेपाल अग्रवाल सभा विराटनगरको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित अध्यक्ष विशाल केडियालाई निवर्तमान अध्यक्ष देवकिनन्दन अग्रवालले सभाको माइन्युट हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।

अग्रवाल सभाले धेरै सामाजिक कामहरु गरेको र आगामी दिनमा पनि समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने निवर्तमान अध्यक्ष देवकिनन्दन अग्रवालले बताए । उनले समाजको सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न नव निर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष विशाल केडियाले अग्रबन्धुहरुको भावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाल अग्रवाल समाजमा आउने हरेक समस्यामा सहकार्य गरेर अगाडि बढ्ने लगायतका विषयहरुमा प्रतिवद्धता व्यक्त गरे ।

नेपाल अग्रवाल सभा विराटनगरको कार्यसमितिको उपाध्यक्षमा विनोद अग्रवाल चौधरी, प्रेम राजगढीया, महासचिवमा अभिषेक तोदी, कोषाध्यक्षमा आश्वीनी वंशल, सचिवमा गोपालकृष्ण अग्रवाल र राजेश अग्रवाल निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा विकास चौधरी, हंसराज अग्रवाल, राजेश वगडिया, सुनिल राजगढीया, राकेश वंशल, राजकुमार अग्रवाल, नविन कुमार अग्रवाल, र अरुण तोदी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्