विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २-२, उदयपुर, तेहृथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको दमक र विर्तामोडमा २-२, मेचीनगर र बुद्धशान्तिमा १-१, मोरङको विराटनगरमा २, सुन्दरहरैचा, बेलबारी र सुनबर्षीमा १-१, सुनसरीको इनरुवा र इटहरीमा १-१, पाँचथरको फिदिममा २, उदयपुरको बेलका, तेहृथुमको म्याङलुङ र इलामको इलाम नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२ महिला र २३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।