सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते

सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा ७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु,१ जना घाईते भएका छन ।

मंगलबार राती करिब ८ बजेको समयमा पैदल यात्री मेचीनगर वडा ८ बस्ने १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर वडा १० बस्ने अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्