प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण

प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ ।

३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २-२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १-१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १-१, इलामको इलाम नगरपालिका र रोङमा १-१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्