मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>मोटरसाईकलको ठक्करबाट पैदल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । बुधबार बेलुका करिब ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती करिब १२ बजे मृत्यु भएको हो ।

मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्