आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको पलकाे आरोप

आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको पलकाे आरोप

विराटनगर । पल शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

पल शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् : ‘नमस्कार म पल शाह 🙏 ,म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो , हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो, साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो, लगाएत विभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ । त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समीछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्तिहरुको नाम यस प्रकार रहेको छ । ’
१. साथी दुर्गेश थापा
२. ठुल्दाई सरोज ओलि
३. भाई कृष्ण जोशी
४. सम्राट चौलागाई

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्