ललितपुरको नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>ललितपुरको नख्खुमा केएमसीको</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

ललितपुर । ललितपुर महानगरपालिका वडा ४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १ सय १३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।

केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर १ हजार १ सय ३ जना बिरामीको उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीब्रता दिएको केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्