गाउँ पसे नेता, निर्वाचन लक्षित भेटघाट गर्दै

गाउँ पसे नेता, निर्वाचन लक्षित भेटघाट गर्दै

रबिन्द्र बराल
रंगेली । बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै गाउँघरमा नेताहरुले भेटघाट तिव्र पार्न थालेका छन् । स्थानीय तहको निर्वाचन हुने निस्चित भएपछि गाउँ तथा टोलटोलमा पुगेर नेताहरु निर्वाचनको माहौल बनाउन थालेका हुन् ।

निर्वाचन लक्षित वडास्तरीय कमिटी धमाधम गठन गर्न थालेका छन् । आफ्नो बाहुल्यता देखाउनका लागि सबै पार्टीका नेताहरु गाउँमा क्रियाशिल बनेका हुन् । निर्वाचनका लागि स्वयम् सेवक बनाउने उद्देश्यले मतदाता नामावलीमा समावेश नभएका १८ वर्ष मुनीका युवाहरुलाई समेत कमिटीमा राख्ने गरिएको छ । चारबर्षसम्म गाउँमा नदेखिएका नेताहरु समेत देखिन थालेका हुन् ।

अब आउने क्षेत्र र केन्द्रीय , स्थानीय चुनावमा नेता चयन गर्दा हाम्रो पार्टी भनेर भोट हाल्ने हैन राम्रो काम गर्ने र नगरको बिकास चहाने र योजना लिएर आउनेलाई मतदान गर्ने मतदाताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्