वेवारिसे फेला परेका युवक अभिभावकको जिम्मामा

<span class='c1'>वेवारिसे फेला परेका</span> <span class='c2'>युवक अभिभावकको जिम्मामा</span>

रंगेली । ईलाका प्रहरी कार्यालय रंगेलीले फागुन १२ गते धनपालथान गाउँपालिका ४ बाट बेवारिसे अवस्थामा फेला पारेका युवकलाई आफन्तको जिम्मा लगाएको छ । सर्लाही बरहथवा नगरपालिका १४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई युवक जिम्मा लगाइएको हो ।

सुस्तमनस्थिति भएका २२ बर्ष का दिलिप राम लाई रंगेली प्रहरीले फेला पारेर संरक्षणमा राखेको थियो । प्रहरीले सोहि दिन आफ्नो फेसबुकमार्फत बालक फेला परेको सुचना सार्वजानिक गरेको थियो ।
फेसबुकमार्फत आफुले छोरालाई फेला पारेको बुबा बिरेन्द्र रामले बताए । प्रहरीले दिलिपलाई एक सरो लुगा समेत उपलब्ध गराएर अभिभावकको जिम्मा लगाईदिएको हो । उनी फेला पर्दा एकसरो कपडाको समेत अभावमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्