६४ वर्षमा पलाएको अपराधले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

६४ वर्षमा पलाएको अपराधले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

विराटनगर । श्रीमतीको निधन भएको ढेड महिना मात्रै भएको थियो । गाउँघरमा उनलाई माया गर्नेहरुको कमि थिएन । स्थानीय सरकार लेटाङ नगरपालिकाले गरिब तथा असाह्यको सूचिमा राखेर घर बनाउने सहयोग गरिरहेको थियो । तर, लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दिपक गिरीको मनमा एकाएक अपराध पलाउँदा उनी १२ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गर्ने घटनामा संलग्न भए ।
गत फागुन ११ गते जाँते उच्च मा.वि. कक्षा ६ मा पढ्ने बालिका विद्यालयबाट घर फर्किरहेकी थिइन् । बाटोमा एक्लै देखिएकी बालिकालाई नगरपालिकाबाट फर्कदै गरेका गिरीले देखे र पछ्याए । घना जंगल छिचोल्दै ढेड घण्टाको बाटो हिडेपछि बालिका घर पुग्थिन् । गिरीले त्यति नै बाटो छिचोल्नुपर्ने थियो ।

उनले दैनिक हिड्ने साविक बाटो छोडेर छोटो बाटो हिड्न बालिकालाई आग्रह गरे । बालिकाले स्वीकार गरिन् र अभिभावकको साथ पछिपछि लागिन् । बीच बाटोमा पुगेपछि अभियक्त गिरीले बालिकालाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेछन्, मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले भन्नुभयो–बालिकाले अस्वीकार गरेपछि उनलाई समातेर जर्बरजस्ती करणी गरेछन् ।

प्रहरीले अभियुक्त गिरीलाई गत शुक्रबार नियन्त्रणमा लिएर आइतबार सार्वजानिक गरेको छ । यसबीचमा अभियुक्त गिरीले प्रहरीसँग घटनाको सविस्तार आफैं सुनाएका छन् । बालिकालाई जर्बरजस्ती करणी गरिसकेपछि उनी फुत्किन सफल भएकी रहिछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–बुबालाई भनिदिने भन्दै भागिरहेकी बालिकालाई खेदाउँदै गएर पक्रेपछि उनले मुख थुनेर हत्या गरिदिएछन् । बलात्कार गर्ने क्रममा बालिकाको शरीरिमा भएक सबै कपडा गिरीले खोलेका थिए । बालिकाले कपडा बोकेर नाङ्गै जंगलमा भागेको अभियुक्तले प्रहरी समक्ष बताएका हुन् । फागुन १३ गते बालिकाको शव स्थानीय लालहिरा सामुदायिक वनमा ढुंगाले छोपेको अवस्थामा भेटिएको थियो ।

लाईटरले दियो प्रहरीलाई सुराक
घटनापछि अनुसन्धानका क्रममा गिरीको घर नजिकै बालिकाको कपडा जलाएको भेटिएको थियो । प्रहरीले कपडा जलाएको स्थानमा लाईटर, कपडामा लगाउने बटम, खिप, बेल्टको बक्कल र कडी, जलेको अवस्थामा रहेको जुत्ताको सोल, मोवायल फेला परेको थियो । उक्त सामाग्रीले बालिकाको हत्या भएको संकेत दिईसकेको थियो । संदिग्ध खोज्न प्रहरीलाई दवाव बढिरहेको बेला कपडा जलाउन प्रयोग गरिएको लाईटरले सुराक दिएको थियो । अभियुक्त गिरीले लाईटर आफ्नो भएको संकेत गरे । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा रुँदै स्वीकार गरे ।
अभियुक्त गिरी विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४९ बमोजिम जन्मकैदको सजाय माग गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो । नाबालिकाको बलात्कार र त्यसपछि हत्या गरेको हुनाले दुवै अपराधमा उनी संलग्न भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्