प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा १३</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ ।

३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८ सय ६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्