दुर्घटनामा परी झापा, मोरङ र धनकुटामा तीनजनाको मृत्यु

दुर्घटनामा परी झापा, मोरङ र धनकुटामा तीनजनाको मृत्यु

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री र धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा एकजना र विराटनगरमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

झापामा भएको दुर्घटनामा मृत्यु हुनेमा अर्जुनधारा–९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन । हिजो राती साढे ६ बजे को.९प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ(२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यसैगरी धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास–६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यसै गरी राती साढे ११ बजे बिराटनगर महानगरपालिका–३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को। १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर(३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्