जंगली जनावर मार्ने १ जना भरुवा बन्दुक सहित पक्राउ

<span class='c1'>जंगली जनावर मार्ने १ जना</span> <span class='c2'>भरुवा बन्दुक सहित पक्राउ</span>

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका वडा ७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चैनपुर वडा ७ फलाटे बस्ने ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । सोमबार बिहान करिब ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहेको छ भन्ने विशेष सुचना प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटि गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जंगलबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्