जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा समाज सभ्य बन्छ : मन्त्री कार्की

<span class='c1'>जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा</span> <span class='c2'>समाज सभ्य बन्छ : मन्त्री कार्की</span>

संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उहाँले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गर्नुभयो । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उहाँको जोड छ । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुराउँछु भनेर लाग्नुपर्छ, उहाँले भन्नूभयो ।’

उहाँले कारागार भित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा गर्नुभयो । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ ओटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ सङ्खुवासभामा पनि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कारागार, कैदी, बैतानिक वकिलको अनुन्याश्रीत सम्बध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
बैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवालाई सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीलाई आफ्ना मुद्दाका बारेमा स्पष्ट रूपमा सूचना पाउनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने बताउनुभयो । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने बताउनुभयो । सानै कक्षादेखि कानूनको कक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमा उपलब्ध हुनुपर्ने माग कैदीबन्दीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्