प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा २२</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ ।

३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १-१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १-१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८४५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्