धरानको होटलमा मृत भेटिएकी महिलाको सनाखत

<span class='c1'>धरानको होटलमा मृत</span> <span class='c2'>भेटिएकी महिलाको सनाखत</span>

विराटनगर । धरानको एक होटलमा मंगलबार मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको हो ।

उनका श्रीमान् हाल ब्रुनाईमा रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन् । मृतकसँगै भेटिएको नागरिताको आधारमा मृतकका छोराछोरीलाई प्रहरीले धरान झिकाउन सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

मृतकको शवको मुचुल्का उठाएर अहिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृह लगिएको डिएसपी कुँवरले बताए ।
डिएसपी कुँवरका अनुसार मृतकको अनुहारमा चोट लागेकोले उनको हत्या भएको हुन सक्ने भन्दै उनीसँगै बस्दै आएका पुरुषको प्रहरीले खोजी गरिरहेको छ । धरान उपमहानगरपालिका–१७ स्थित कान्तिपुर गेष्ट हाउस एन्ड लजमा उनीहरू फागुन १५ गते आएर बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्