विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते भएका छन ।
मृत्यु हुनेमा ग्रामथान-४ बस्ने २५ बर्षीय सुदिप बिश्वास रहेका छन । सोमबार दिउँसो करिब २ बजे प्रदेश १-०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को.२९ प ९५६० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान-४ बस्ने २५ बर्षीय बिवेक माझी थारु र पछाडि सवार रहेका सुदिप बिश्वास घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा बिश्वासको मृत्यु भएको हो ।
उक्त टिपर र चालक मोरङ कटहरी-२ का आनन्द कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।