मुटु रोगको भरपर्दो उपचारका लागि मोरङको विराट मेडिकल कलेज

मुटु रोगको भरपर्दो उपचारका लागि मोरङको विराट मेडिकल कलेज

विराटनगर । ठुलो लगानीमा खुलेका मोरङका निजी अस्पतालहरु पछिल्लो समय मुटु रोगको सफल उपचारका लागि भरपर्दो गन्तव्य बन्दै गएका छन् ।

प्रविधिको भरपुर प्रयोग र दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुको संयोजन मिलेपछि मोरङका निजी अस्पतालहरु उपचारको भरपर्दो गन्तव्य बन्दै गएका हुन् । जटिलभन्दा जटिल प्रकृतिका मुटु रोगको सफल शल्यक्रिया मोरङमै हुन थालेपछि बिरामीहरुले पछिल्लो समय बाहिर भौतारिरहनु पर्ने अवस्थाको समेत अन्त्य भएको छ । मोरङमा मुटु रोगको सफल शल्यक्रिया गर्ने तथा नाम चलेका आधा दर्जन बढी निजी अस्पतालहरु छन् । त्यसमध्येको एक हो, मोरङ बुढीगंगा–२ मा अवस्थित रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल ।

मेडिकल क्षेत्रमा बेग्लै पहिचान बनाएको विराट मेडिकल कलेजले पछिल्लो समय जटिल प्रकृतिका मुटु रोगको सफल शल्यक्रियाका लागि विश्वसनीय अस्पतालको रुपमा विकास हुँदै गएको छ । ठुलो लगानी सहित बिरामीको उपचारमा प्रविधि भित्रयाएपछि मुटु रोगको उपचारमा छोटो समयमै अस्पतालले ठुलो फड्को मारेको हो । कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपण जस्ता जटिल शल्यक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक लगायतका उपाय लगाएपछि मुटु रोगको उपचारका लागि बाहिर जाने बिरामीहरुको संख्या पनि घट्दै गएको अस्पतालका वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. माधव विष्ट बताउनुहुन्छ ।

पूर्वमा १ दशकअघि मुटु रोगको उपचार सुनसरी तथा काठमाण्डौं केन्द्रित थियो । त्यतिबेला सुनसरीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौंमा मात्र मुटु रोगको सफल उपचार हुने गरेको थियो । तर, सरकारी स्तरबाट सेवा प्रवाह थालिएसँगै पछिल्लो समय निजी अस्पतालले पनि आफ्नो सेवा विस्तारको क्रममा मुटु रोगको उपचार थालेका छन् । सेवा विस्तारको क्रममा मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजले पनि २ वर्ष अघिदेखि ‘क्याथल्याब’ सञ्चालन गरिरहेको छ । मुटु रोगलाई जटिल समस्या मानिएको कारण यसको उपचार खर्चिलो भएपनि सरकारकोे स्वास्थ्य बिमा कार्यक्रमले यसमा भरपुर सहयोग गरिरहेको छ । बिरामीहरु अस्पतालको पहुँच र उपचारको दायराभित्र आउनुमा सरकारी सहयोग कोशेढुङ्गा साबित हुँदै गएको अस्पतालका वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. बिष्टको भनाई छ ।

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा दैनिक ३ देखि ४ वटा हृदयघात, भल्भको समस्या तथा मुटुको चाल सम्बन्धी समस्या भएका बिरामी आउने गरेका छन् । सबैभन्दा बढी दैनिक ५ देखि ६ वटा मुटु फेल भएका बिरामीहरु आउने गरेको अस्पतालकोे तथ्याङ्क छ । बिशेषगरि असन्तुलित भोजन, शारीरिक व्यायामको अभाव, धुम्रपान तथा मद्यपान र तनावमा काम गर्ने बानी लगायतका कारणले मानिसमा मुटु रोग लाग्ने गरेको अस्पतालको अध्ययन छ । मुटु रोगबाट बच्न खानपानमा बिशेष ध्यान दिनुपर्ने विराट मेडिकल कलेजका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. बिष्टको सुझाव छ ।

मुटु मानव शरीरकोे महत्वपुर्ण अङ्ग भएकाले यसको रेखदेख र खयाल पनि बिशेष ढङ्गले गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । मधुमेह, उच्च रक्तचाप, थाईराइड र किडनी सम्बन्धि समस्या भएका बिरामीहरुले झन बिशेष ध्यान पु¥याउनुपर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्