पछिल्लो २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ७४ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १ सय ९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४ सय ८८ जना कोरोनामुक्त भएका छन् ।

यस्तै हालसम्म ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्