प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ३५</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ ।

३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको उर्लाबारीमा ३, विराटनगर, बेलबारी, कानेपोखरी र सुन्दरहरैचामा २-२, सुनबर्षीमा १, सुनसरीको इटहरीमा ३, बराहक्षेत्रमा २, बर्जु र देवानगञ्जमा १-१, झापाको गौरीगञ्ज, भद्रपुर, मेचीनगर र कनकाईमा १-१, पाँचथरको फाल्गुनन्दमा ३, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १-१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८७४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्