शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा हिजो चार खेल सम्पन्न भएको छ ।

खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले खेलमा सहभागी जनाएको हो । हिजो भएको पहिलो खेलमा रेड डेविल्स नयाँबजार र YFC सुलुबुङ बिच भएको खेलमा सुलुबुङले १ गोल र YFC सुलुबुङले ९ गोल गर्दै बिजयी बनेको छ । हिजोको दोस्रो खेलमा डेबिडाडा युथ क्लव अनुपस्थित भएपछि श्रीजङ्गा समाज प्याङ २ र साउदेन टिम सुलुबुङ बिच खेल भएको थियो खेलमा साउदेन टिम सुलुबुङको १ गोल र श्रीजङ्गा समाज प्याङ २ ले ५ गोल गर्दै दोस्रो चरणमा पुगेको हो ।

हिजो भएको तेस्रो खेलमा आयोजक B ले खेलमा सहभागीता नभएपटि IFC जमुना स्वत बिजयी बनेको छ । पहिलो चरणको अन्तिम खेलमा सुनखरी खेलसंघ जमुना र राईजीङ स्टार प्याङ ६ बिच भएको खेलमा राईजिङ स्टार प्याङ ६ ले ४ गोल र सुनखरी खेल संघ जमुनाले ५ गोल गर्दै दोस्रो चरणमा पुगेको हो ।

आज फाल्गुन २० गतेबाट दोस्रो चरणको खेल हुने छ । खेलको पहिलो खेलमा टारी फुटबल क्लव र कुवापानी फुटबल क्लव रोङ गाउँपालिका बिच पहिलो खेल हुने छ । आजको दोस्रो खेलमा वाङ्गीन फुटबल क्लव A र योङ बैच बिच दोस्रो खेल हुने छ । आजको तेस्रो खेलमा प्याङ २ र रेड डेविल्स बिचमा खेल हुने छ । आजको अन्तिम खेल श्रीजङ्गा समाज प्याङ २ र सुनखरी खेल संघ जमुना बिचमा खेल हुने आयोजक समितिका सचिब भोगेन्द्र ढकालले जानकारी दिएका छन् ।

खेलको बिजेताले नगद रु.१ लाख साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने छ । उपबिजेताले नगद र रु.५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् । खेल प्रतियोगिताको लागि खनाल कट्रक्सन ईलामले दोस्रो पुरस्काको ब्यावस्था गरेको छ भने माईजोगमाई गाउँपालिकाले प्रथम पुरस्कारको ब्यवस्था गरेको छ । प्याङ माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भएको खेलको फाईनल आगमि फाल्गुन २२ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्