शिशुको मृत्यु भएपछि कोसी अस्पतालमा तनाव(फोटो फिचर)

शिशुको मृत्यु भएपछि कोसी अस्पतालमा तनाव(फोटो फिचर)

विराटनगर । कोशी अस्पताल विराटनगरमा पाँच महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ ।


शुक्रबार बिहान विराटनगर—६ बह्रमपुराका ५ महिनाका शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै कारवाही माग गरेर प्रदर्शनमा उत्रिएका छन् ।

अस्पतालको इमर्जेन्सी कक्ष बाहिर अहिले तनावको स्थिति छ ।

ठूलो संख्यामा जम्मा भएका बिरामीका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ ।

शुक्रबार विहान अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्