विराटनगर । मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा ८ बस्ने २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
बिहिबार दिउसो करिब २ बजे मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका करिब ६ बजे मृत्यु भएको थियो । घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।