पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।


पीसीआर र एन्टीजेन गरी ८ हजार ९ सय ३३ जनाको नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् । थप १ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार १ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्