प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ ।

२ सय ४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४-४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ३ र भद्रपुरमा १, मोरङको विराटनगर, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगामा १-१, सुनसरीको धरान, बराहक्षेत्र र देवानगञ्जमा १-१, पाँचथरको मिक्लाजुङ र हिलिहाङमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८ सय ५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्