प्रदेशको नाम कोसी किन राख्न नसक्या : अध्यक्ष ओली

प्रदेशको नाम कोसी किन राख्न नसक्या : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताउनु भएको छ । उहाँले यत्रो समयसम्म प्रदेशको नाम कोसी किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गर्नु भएको छ ।

साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने बताउँदै अध्यक्ष ओलीले जातीय नामाकरणले सबै पहिचान र इतिहास समेट्न नसक्ने बताउनुभयो ।

ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउनेगरी कलम चलाउन आग्रह गर्नु भएको थियो । नेकपा एमालेको नेतृत्वमा शेरधन राई र भीम आचार्यले सरकार चलाउँदा प्रदेशको नामाकरणको विषयमा कुनै पनि चासो नदिएपनि सरकार फेरिएपछि अध्यक्ष ओलीले प्रदेशको नाम बारे आफ्नो धारणा सार्वजानिक गर्नु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्