मोरङको कानेपोखरीबाट लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>मोरङको कानेपोखरीबाट लागुऔषध सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा ५ भौसाबारीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका वडा ५ बस्ने २२ बर्षीय प्रकाश ढकाल,२९ बर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् । शुक्रबार बेलुका करिब ७ बजे गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटी गएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका तीनै जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्