नेपालमै पहिलोपटक विराट मेडिकलमा ‘रोबोटिक आर्म’ प्रविधिबाट उपचार सुरु

<span class='c1'>नेपालमै पहिलोपटक विराट मेडिकलमा ‘रोबोटिक</span> <span class='c2'>आर्म’ प्रविधिबाट उपचार सुरु</span>

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ ।

२०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भिलो इतिहास बोकेको विराट मेडिकलले समयानुकुल सेवा÷सुविधा विस्तारको क्रममा जटिल प्रकृृतिका शल्यक्रियाका निम्त्ति रोबोटिक आर्म प्रविधि भित्रयाएको जनाएको छ । उक्त प्रविधिको सहायताले जटिलभन्दा जटिल प्रकृतिका शल्यक्रियाहरु छोटो समयमै सफलताका साथ सम्पन्न गर्न सकिने अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । मान्छेको हातजस्तै देखिने रोबोटको हातबाट शल्यक्रिया गरिने यस प्रविधिलाई आवाज वा मेकानिकल गरि दुवै तरिकाले नियन्त्रण गर्न सकिने भएकाले यो प्रविधि सुरक्षित रहेको उनले जानकारी दिए ।

रोबोटिक आर्म प्रविधि ल्याएपछि विराट मेडिकलले उक्त प्रविधिबाट हालसम्म २० सफल शल्यक्रिया गरिसकेको छ । बिरामीहरुले बुढीगंगास्थित विराट मेडिकल र विराटनगर–२ स्थित विराट नर्सिङ होमबाट यस प्रविधिको सेवा प्राप्त गर्नसक्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्