प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा १९</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ ।

२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २-२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रंगेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १-१, सुनसरीको इनरुवा र इटहरीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र २१ पुरुष रहेको छन् ।

सक्रिय संक्रमितको संख्या ७ सय ७८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्