एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

विराटनगर । एनएमबि बैंकले सेवाग्राहीहरुको सहजताका निम्त्ति मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोेजना गरि मालपोेत कार्यालय परिसरमा बैंकले काउण्टरको शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल केसीले सरकार र निजी क्षेत्रको सहकार्य अन्तगर्तको उक्त काउण्टर स्थापना गरिएको बताए । उनले यस कार्यमा बैंकलाई विश्वास गरी सेवा प्रदानको अवसर प्रदान गरेकोमा मालपोत कार्यालयलाई धन्यवाद दिए ।

एनएमबी दि फिनान्सियल टाईम्स र लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हालसम्म देशभर १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा भने नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलिया, नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका प्रदेश नं. १ प्रमुख उत्सव घिमिरे, बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारित काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमूख लोकबहादुर भण्डार र लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फँुयाल लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्