शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ ।

प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगितामा सामेल भएका थिए । फाइनल खेलको समापन कार्यक्रमको सभापती प्याङ्ग खेलकुद बिकास समितिका अध्यक्ष विशाल राईे गरेका थिए भने प्रमुख अतिथी माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राई, बिशेश अतिथिहरु नेपाली काङ्ग्रेस जिल्ला सदस्य हुकुमलाल थेबे नेपाली काङ्ग्रेस माईजोगमाई गाउपालिका सभापति राजेश देवान समाजसेवी तथा युवा नेत्री कुसुम दहाल, इलाका प्रहरी चैकी नयाँबजारका इन्चार्ज भुपेन्द्र थापा विभिन्न समाजसेवी राजनैतिक दलका जनप्रतिनिधीहरु लगायतको उपस्तिथि रहेको थियो ।

खेलमा पहिलो हाफमा वाङ्गीनका खेल्लाडी जर्सी नम्बर ४ का निश्चल राईले १ गोल गरेपछि खेल झन रवमान्चक भएको थियो । पहिलो हाफ सम्ममा रेड डेभिल्सले कुनै पनि गोल गर्न सकेको थिएन । खेलको दोस्रो हाफको १ मिनेटमा रेड डेभिल्सका जर्सी नम्बर ७ का खेल्लाडी शेखर राईले आफ्नो टिमको तर्फबाट १ गोल थपेपछी खेल बराबरीमा पुगेको हो । खेलको निर्धारीत समयमा पनि बराबरमा खेल भएपछि अतिरिक्त समय थप गरेको र पछि समय थप गर्दा पनि खेल बराबरीमा गएपछि खेल ट्राईबेकरमा मोडिएको थियो ट्राईबेकरमा जम्मा ५/५ जनाले बल प्रहार गर्दा पनि खेलको छिनोफानो हुन सकेन खेल बराबरीमा पुगेको थियो । थप १/१ जनाले ट्राईबेकरमा गोल प्रहार गर्दा रेड डेभिल्स नयाँबजारले खेलको फाईनल जितेको हो । रेड डेबिल्सका जर्सी नम्बर १२ का खेल्लाडी शुशिल सुब्बाले प्रहार गरेको गोल नै अन्तिम निर्णायक गोलमा परिणत भएको थियो ।

खेलमा सर्वाधिक गोल कर्ता रेड डेभिल्सका शेखर राई उत्कृष्ठ खेल्लाडी श्रीजङ्गा समाज प्याङका जोसेफ राई उत्कृष्ट डिफेन्डर BFC वाङ्गीनका सौरभ कार्की उत्कृष्ठ गोल रक्षक रेड डेभिल्सका बिवेक मगर उत्कृष्ट टिम कुवापानी फुटबल क्लव रोङ उत्कृष्ट टिम मेनेजर रेड डेविल्सका लाक्पा छिरिङ शेर्पा उत्कृष्ट कोज रेड डेभिल्सका सुनिल लिङदम लगायत रहेका थिए ।

खेलमा प्रमुख निर्णायक धनजित मुखिया सहायक निर्णायक मन्जीत तामाङ र नविन ढुङ्गाना रहेका थिए त्यसैगरी फोर्थ अपिसिएलमा दिपमणी थेवे रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्