सिन्धुलीको सिमराहीमा अशोक लेल्याण्ड गाडीको सर्भिस सेन्टर स्थापना

सिन्धुलीको सिमराहीमा अशोक लेल्याण्ड गाडीको सर्भिस सेन्टर स्थापना

विराटनगर । उदयपुरको कटारीसँगै जोडिएको सिन्धुलीको दुधौली–७, सिमराहीमा आईएमई गु्रपको मोटर्स प्रा.लि.ले अशोक लेल्याण्ड गाडीहरुका लागि सर्भिस सेण्टर स्थापना गरेको छ । चुनढुंगा सिमेण्ट उत्पादकहरुलाई ढुवानी गर्ने व्यवसायीहरुलाई अशोक लेल्याण्डको गाडी यहींबाट विक्री वितरण गर्नुका साथै मर्मतको सुविधा प्रदान गर्ने उद्देश्यले सर्भिस सेन्टरको स्थापना गरिएको हो ।

सर्भिस सेन्टरको प्रदेश नम्बर १ मुख्यमन्त्री राजेन्द्रकुमार राईका प्रमुख आर्थिक सल्लाहाकार राजेन्द्र राउतको प्रमुख आतिथ्यता र आईएमई ग्रुरुपका अध्यक्ष तथा नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्वमा भएको थियो । राउत मारुती सिमेण्टका संञ्चालक समेत हुनुहुन्छ ।
कार्यक्रममा अशोक लेल्याण्डको शोरुम स्थापना भएको र यसलाई अब यहाँका सरोकारवालाहरुले साथ दिनुपर्ने आईएमई ग्रुपका अध्यक्ष ढकालले बताउनुभयो । त्यहि बाटो हो जहाँ नेपालमै पहिलो पटक दुईदशक अघि सिरहाबाट उत्पादन हुने मारुती सिमेण्टका लागि ओम शिवम मल्टिप्रपोजले दुधौलीको ककुरठाकुरबाट चुनढुंगा उत्पादन गनर्ने गर्दथ्यो । अहिले यही मार्गमा कटारीका खानीहरुबाट सौर्य , कसमस लगायतका सिमेण्टका लागि कच्चा पदार्थ ढुवानी हुन्छ छ ।

मदनभण्डारी राजमार्गसँगै जोडिएको यस क्षेत्रमा अशोक लेल्याण्डको शोरुम सर्भिस सेन्टर नै स्थापना हुनु भनेको विगतमा ढुवानीको क्षेत्रमा मारुती सिमेण्टले नेपालकै पहिलो क्लिन्कर उत्पादनका लागि गरेको संघर्ष र योगदान नै प्रमुख कारण रहेको मारुती सिमेण्टका संञ्चालक तथा आर्थिक सल्लाहाकार राउतले बताउनुभयो । ‘त्यो अवस्थामा संञ्चालन गर्दा ट्रिपर नै चाहिन्छ भन्ने कुराले अहिलेको सफलता प्राप्त गरेको हो ’उहाँले भन्नुभयो ‘आज यही ठाउँमा आएर वर्कसप खोल्नु भनेको यहाँको उद्योगी व्यवसायीहरुको सफलता हो ।’


हाल मारुतीले ७ सय सौर्य लगायत गरी यस क्षेत्रमा १२ सय बढी सवारीको ढुवानीले यस क्षेत्रमा रोजगारी समेत बढाएको र यसले विकासमा समेत टेवा पुगेको बताउनुभयो । मारुतीले ढुवानीका समयमा ककरुखोलामा बाँध लगाएपछी यस क्षेत्रमा जग्गा समेत सुरक्षित भएको राउतले बताउनुभयो । त्यसैगरी हडैया , खसिबास औद्योगिक करिडोर निर्माणका लागि आफु पनि तयार रहनुका साथै कटारी– मिर्चैया ४ लेनको सडक निर्माणका लागि पनि पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्योग व्यवसाय बढ्दै जाँँदा यस क्षेत्रमा बेराजगारीहरुले रोजगारको अवसर पाएको बताउनुभयो । कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले डेढ दशक अघि साईकल किन्न पनि लहान जानुपर्ने बाध्यताको स्मरण गर्दै अहिले यहि कटारी क्षेत्रमा ठुला सवारी साधन खरिद गर्ने बातावरण बनेको बताउनुभयो ।
दुधौलीका नेतृ गंगा दाहालले ट्रिपरबाट हुने दुर्घटनाको जोखिम कम गर्न आग्रह गर्नुभयो । नेपाल माईनिंग कम्पनीका संञ्चालक प्रयास कार्की, जय श्री मल्टी प्रपोजका अध्यक्ष जीवनाथ दाहाल , दुधौली नगरका प्रमुख प्रशासकयी अधिकृत मित्रप्रसाद काफ्ले लगायतले सेण्टरलाई सफलताको शुभकामना दिए । आईएमई मोटरका सिईयो हेमन्त पुरानिकले यहाँ जग्गा नै खरिद गरेर सुरु गरेको सेण्टर दिर्घकालिन हुने बताउनुभयो । कार्यक्रममा उदयपुर , सिरहा , सिन्धुली , धनुषा आसपासका उद्योगी , व्यवासायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा सवारी खरिद गर्नेहरुलाई सम्मानका साथै चावी हस्तान्तरण र नयाँ प्रविधिको अशोक लेल्याण्डको क्याप्टेन ट्रिपरको पनि लन्च गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्