उद्योग संगठन मोरङद्धारा जिल्ला प्रहरी कार्यालयमा स्यानेटरी भेडिङ मेशिन जडान

उद्योग संगठन मोरङद्धारा जिल्ला प्रहरी कार्यालयमा स्यानेटरी भेडिङ मेशिन जडान

विराटनगर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ ।
संगठनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी गत मंसिरबाट यस क्षेत्रका उद्योगहरुमा भेडिङ मेशिन जडान गर्ने अभियान प्रारम्भ गरेको थियो । सोही अभियान अन्तर्गत यसअघि मोरङको टंकिसीनुवारी स्थित दुगड फुड एण्ड स्पाइसेस प्रा. लि. मा एक थान भेन्डिङ मेशिन जडान गरिसकेको छ ।

उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाहरुको स्वास्थ्य सुरक्षालाई दुष्टिगत गरी संचालनमा ल्याएको यस अभियान अनुरुप महिला दिवशको अवसरमा विराटनगरको एक स्कुल र एक उद्योगमा भेडिङ मेशिन जडान गर्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।

महिला दिवश कै अवसरमा सामाजिक न्याय लैंगिक समानता दिगो विकास सुश्निचितता भन्ने नाराका साथ विराटनगरमा आज निकालिएको प्रभात फेरीमा संगठनका महिला उद्यमीहरुले सहभागिता जनाएका थिए भनेभेडिङ मेशिन हस्तान्तरण कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजु लगायत महिला उद्यमीहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्