बिहीबार विराटनगरमा सुवानी मोक्तानको साङ्गितिक प्रस्तुती हुने

बिहीबार विराटनगरमा सुवानी मोक्तानको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । आउँदो फाल्गुण २६ गते विराटनगर एअरपोर्ट लाईनस्थित ‘तृष्णा द क्रेभिङ टेल्स’मा चर्चित नेपाली गायिका सुवानी मोक्तानको लाईभ प्रस्तुती हुने भएको छ ।

बिहीबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायिका मोक्तानको लाईभ प्रस्तुती हुने भएको हो । युवाहरु माझ राष्ट्रिय स्तरका कलाकारहरुको क्रेज बेग्लै रहेकाले बिहीबार उनको बिशेष प्रस्तुतीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन रु. ५०० का दरले टिकट अनिवार्य गरिएको छ । टिकट विराटनगर मेनरोडस्थित सेन्ट्रल मल तथा ट्राफिक चौकस्थित गोल्डस्टारको सोरुम, बालाजी इम्पोरियम र तृष्णा द क्रेभिङ टेल्समा पाईने रेष्टुरेन्टका सञ्चालक अमन साहले बताए । उनले बिहीबार सुवानी मोक्तानसँगै समपुरण ब्याण्ड र आफ्टर पार्टी डिजेको समेत प्रस्तुती हुने जानकारी दिए ।

सुवानी मोक्तान हाल भने चौथो संस्करणको नेपाल आईडलको निर्णायक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्