विराटनगर । नेकपा माओवादी केन्द्रबाट मोरङका १७ स्थानीय तहमध्ये निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया मात्रै मोरङमा जित्ने एक मात्रै पालिका प्रमुख थिए । उनी पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्टि र नेताहरुको पेलान खप्न नसकेर एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले मोरङले रंंगेलीमा आयोजना गरेको तराई मधेश केन्द्रीत जनसभामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा स्वागत गरेका हुन् ।
उनीसँगै उपप्रमुखसहित माओवादीबाट रंगेलीमा निर्वाचित वडा अध्यक्षहरु समेत एमालेमा प्रवेश गरेका छन् । सभामा मोरङका बिभिन्न पालिकाबाट नेपालीी कांग्रेस र माओवादीबाट झण्डै ५ हजार एमालेमा प्रवेश गरेको नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।
बगडियाकै नेतृत्वमा रंगेलीमा कार्यक्रमको आयोजना भएको बताईन्छ । रंगेली नगरपालिकाकी उपमेयर केशवकुमारी खराल र केही निर्वाचित वडा अध्यक्षहरू पनि एमालेमा प्रवेश गरेसँगै माओवादीका लागि रंगेली खाली भए जस्तै भएको छ । निर्वाचित जनप्रतिनिधिका काममा हस्तक्षेप बढाउँदै नेताको स्वार्थ बाँझिदा मेयर बगडीया पार्टी परित्यागको स्थितिमा पुगेका हुन् । जनप्रतिनिधिको हैसियतले रंगेलीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मेयर बगडीया आगामी दिनको निर्वाचनमा समेत जित्न नसक्ने उमेदवारमा पर्दछन् ।