अनलाईनमार्फत ठगीमा संलग्न मोरङ रंगेलीका मण्डल पक्राउ

<span class='c1'>अनलाईनमार्फत ठगीमा संलग्न मोरङ</span> <span class='c2'>रंगेलीका मण्डल पक्राउ</span>

विराटनगर । सामाजिक सञ्जाल फेसबुक,वाट्सप र इमोमार्फत सर्वसाधारणलाई लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा मोरङ रंगेली नगरपालिका–६ बस्ने २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले धिरेनकुमार मण्डललाई पक्राउ गरेर अनुसन्धान थालेको हो । महाशाखाको आग्रहमा इलाका प्रहरी कार्यालय रंगेलीले गत २२ गते उनलाई पक्राउ गरेर अनुसन्धानका लागि पठाएको हो । मण्डलले लक्की ड्रमार्फत रु.२५ लाख रुपिँया चिठ्ठा परेको भन्दै उनले सर्वसाधारणलाई ठगी गरेको आरोप छ ।

उनले खल्ती तथा वाट्सपको वालेटको कर्मचारी भएको भन्दै एकाउन्ट नविकरण समेत गरिदिने भन्दै भ्रम फैलाएर रकम ठगी गरेको आरोप छ । पीडितहरुसंग कुराकानी गरी बैक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाईल नम्बरमा ओपीटी कोर्ड समेत पठाई मागी, कोर्ड लिई पीडितकै खातामा भएको रकम विभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी जम्मा दुई लाख एक हजार रकम अनलाईन मार्फत ठगी गरेको प्रहरीले बताएको छ ।

मोरङ रंगेली नगरपालिका वडा ६ पिपलचोक घर भएका २० वर्षीय मण्डल समेतको संलग्नता देखिएकोले ईप्रका रंगेली, मोरङ संग आवश्यक समन्यव गरी उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्