मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाईनलमा पुगेका ९० जना प्रतियोगीहरुले प्रतिभा देखाएका छन् ।

विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ बालकहरुले ‘ट्यालेन्ट राउण्ड’ मा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरुले गीत, नृत्य, चित्रकला र अभिनय लगायतका विभिन्न प्रतिभाहरु देखाएको जनाईएको छ । प्रतियोगीहरु मध्येबाट उत्कृष्ट हुनेले फाइनलमा ट्यालेन्ड एवार्ड प्राप्त गर्दछन् ।

फाईनलमा विराटनगर, इटहरी, धरान र दमक लगायत प्रदेश नं. १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगीहरु छनौट भएको कार्यक्रम संयोजक आयूषा आचार्यले बताईन् । फाईनलमा छनौट भएका प्रतियोगिहरुलाई बन्द प्रशिक्षण दिँदै आईएको छ । उनीहरूलाई विभिन्न बिषयमा विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको छ ।

बन्द प्रशिक्षणमा मिस कोशीको विजेता प्रशिका श्रेष्ठ, फस्ट रनरअप आयूषा आचार्य, मोडलहरु समीक्षा कार्की, प्रकृति फुयाँल र सीमा सरदार लगायत अन्य विभिन्न विधामा विज्ञता हाँसिल गरेका व्यक्तिहरुबाट फाईनलमा पुगेका प्रतियोगीहरुलाई प्रशिक्षण दिने गरिएको छ ।

चैत्र ५ गते हुने फाईनलको विजेताले नगद जनही ३०/३० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने सिइओे निशा खतिवडाले जानकारी दिइन् ।

बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले जय मिडिया म्यानेजमेन्ट प्रालिले प्रतियोगिताको आयोजना गरेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्