‘चिसो एष्ट्रे ’ टिम विराटनगर ईन्टरनेशल कलेजमा

<span class='c1'>‘चिसो एष्ट्रे ’ टिम</span> <span class='c2'>विराटनगर ईन्टरनेशल कलेजमा</span>

विराटनगर । कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’ का कलाकार तथा निर्माता सहितको टिम विराटनगर ईन्टरनेशनल कलेजमा आईपुगेर फिल्मबारे चर्चा गरेका छन् ।

आगामाी चैत ४ बाट प्रदर्शन आउन लागेको ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिम्सिना सहित सो फिल्मका नायक निकुन श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ सो कलेजमा आएका थिए । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्म प्रचार प्रसारका लागी यतिवेला देश दौडाहामा रहेको छ ।

यसैक्रममा बिहीबार कलाकार सहितको टिम आएर कलेजमा फिल्म बारे चर्चा गरेका थिए । उनीहरुले विद्यार्थीहरुसँग फिल्मबारे प्रस्न उत्तर गर्दै विजेता विद्यार्थीलाई कलाकार हस्ताक्षरित ‘चिसो एष्ट्रे’ अंकित टिर्सट वितरण गरेका थिए ।

फिल्ममा दिव्य देव, रबिन तामाङ, सुशिलराज पाण्डे, मिस नेपाल श्रृष्टी श्रेष्ठ, नवीन लम्साल तथा निकुन श्रेष्ठ लगायतले अभिनय गरेका छन्। फिल्ममा काठमाडौंको साँस्कृतिक प्रभावमा पर्ने गाँउले युवकको कथा रहेको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्