उर्लाबारी जेसिजद्वारा रजत वर्षको लोगो सार्वजनिक

<span class='c1'>उर्लाबारी जेसिजद्वारा रजत</span> <span class='c2'>वर्षको लोगो सार्वजनिक</span>

विराटनगर । मार्च १० ई.स. १९९७ मा स्थापित उर्लाबारी जेसिजले आज आफ्नो रजत जयन्ती वर्षको लोगोको अनावरण तथा जन्मजयन्तिको केक काटेर शुभारम्भ गरेको छ। रजत जयन्ती वर्ष २०२२ भरी नै विभिन्न कार्यक्रम गरेर मनाउने उर्लाबारी जेसिजका महासचिव निशान भट्टराईले जानकारी दिए ।

उर्लाबारी जेसिजले विभिन्न अवसरहरूको माध्यमवाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गराई विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रम उर्लावारी जेसीजका अध्यक्ष जेसी तारानाथ दाहालको अध्यक्षतामा महासचिव निशान भट्टराईद्वारा संचालन गरिएको थियो। उक्त कार्यक्रममा उर्लाबारी जेसिजका सस्थापक अध्यक्ष तथा पुर्व अध्यक्षहरुको गरिमामय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा उर्लावारी जेसीजको रजत वर्षका कार्यक्रम संयोजक कार्यकारिणि उपाध्यक्ष जेसी भाईटिका भट्टराईले रजत वर्षमा गरिने विविध कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।


उर्लाबारी क्षेत्रमा उर्लाबारी जेसिज आफ्नो कामका कारण अग्रणी संस्थामा गनिन्छ । उर्लाबारी क्षेत्रमा रहेका धेरै कम संस्था मध्ये जेसिज २५ वर्ष पूरा गर्ने संस्था रहेको र यो अवसरलाई अझ धेरै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गराउदै जेसिज अभियानमा लाग्न प्रेरित गरिने गरि काम गरिने उर्लाबारी जेसिजका अध्यक्ष तारा नाथ दाहालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्