नेपाल बैंक लिमिटेड र न्यूरो अस्पतालबिच द्विपक्षीय सम्झदारीमा हस्ताक्षर

नेपाल बैंक लिमिटेड र न्यूरो अस्पतालबिच द्विपक्षीय सम्झदारीमा हस्ताक्षर

विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेड र न्यूरो कार्डियो मल्टिस्पेशियालिटी हस्पिटलबिच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

न्युनतम छुटका साथ बैंकका कर्मचारी तथा ग्राहकको उपचार सम्बन्ध बैंक र अस्पतालबिच द्विपक्षीय समझदारी भएको हो । शनिबार बैंकक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र हस्पिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकारी राजेश भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम अब नेपाल बैंकका सम्पुर्ण कर्मचारी तथा ग्राहकले अब न्यूरो हस्पिटलबाट प्रवाह हुँदै आएको विभिन्न सेवा सुविधामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

कार्यक्रममा बैंकका प्रदेश नं. १ प्रमुख सुर्यप्रकाश भट्ट, सिटी अफिस विराटनगरका शाखा प्रबन्धक डम्मर बहादुर भण्डारी, ईटहरी शाखाका प्रबन्धक योगेश भट्टराई, बजार अड्डा शाखा प्रबन्धक प्रकाश घिमिरे, दुहबी शाखा प्रबन्धक प्रतिक वान्तवा र विराटनगर चौक शाखा प्रबन्धक रमेश कार्की लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्