स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

<span class='c1'>स्वास्थ्यचौकीका उपकरण</span> <span class='c2'>प्रयोगविहीन</span>

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् ।

सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।”

कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन् । “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उहाँले भन्नुभयो, “केही उपकरण दक्ष जनशिक्तकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।”

दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महङ्गो शुःल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । “उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ”, उहाँले भन्नुभयो, “एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।”

स्वास्थ्यचौकीलाई उपलब्ध गराएका मध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्यमात्रै रु.२६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत रु.२० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताउनुभयो । “जनतालाई सर्वसुलभ र सहजरूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।”

नगरप्रमुख दिलबहादुर ऐरले स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्नका लागि कटिबद्ध रहेको जानकारीदिनुभयो । “केही दिनभित्रै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थान गरिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सम्बन्धित शाखाका प्रमुखसँग छलफल गरी समस्या समाधान गर्छौँ ।”

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्