१८ महिने बालिकाको हत्या गरेको आरोपमा दाजुभाइ पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

१८ महिने बालिकाको हत्या गरेको आरोपमा दाजुभाइ पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

विराटनगर । मोरङको सुन्दरहरैचा–७ मा १८ महिने बालिकाको हत्या आशङ्कामा मोरङ प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा ७ कै २५ वर्षीय दाजु अजय चौधरी र २२ वर्षीय भाइ मिथुन चौधरी छन् । अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा शनिबार नोबेल अस्पतालमा मृत्यु भएको थियो । बालिकामाथि बलात्कार भएको आशंका गरिएको छ । यद्यपि यसको पोस्टमार्टम रिर्पाेट आएको छैन ।

बालिकाको मृत्युमा उनीहरूको संलग्नता देखिएपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । घटना अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरीको आरआइटीको संयुक्त अनुसन्धान टोली खटिएको थियो । आफन्तका अनुसार शुक्रबार साँझ घरबाट हराएकी बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । दुवैजनालाई थप अनुसन्धानको लागि म्याद थप गरि मोरङ प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्