सप्तकोशी सिमेन्टद्धारा एक दिने निशुल्क आँखा शिविर

सप्तकोशी सिमेन्टद्धारा एक दिने निशुल्क आँखा शिविर

विराटनगर । सप्तकोशी सिमेन्ट प्रा. लिद्धारा विराटनगर आँखा अस्पतालको सहकार्यमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

मोरङको कटहरी गाउँपालिका–४ स्थित सुधामा श्री आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

शिविरमा अस्पतालका आँखा विशेषज्ञ चिकित्सकहरुले निःशुल्क जाँच गरेका थिए । निःशुल्क आँखा शिविरमा ३ सय ५० भन्दा बढी सेवाग्राही सेवा लिएका थिए । परीक्षणमा आएका सेवाग्राहीमध्ये ४२ जना मोतियाविन्दुका विरामीहरु रहेका थिए । त्यस्तै चस्मा जाँचका लागि ६५ जना, चेकजाँच गरेर औषधी पाउने १५७ जना र आँखामा मासु पलाएको ४ जना विरामीहरुले उक्त शिविरको लाभ उठाएको सप्तकोशी सिमेन्ट प्रालीका प्रशासन प्रमुख दिवस कट्वालले जानकारी दिनुभयो ।

विरामीहरुलाई औषधी समेत निःशुल्क प्रदान गरिएको कट्वालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्