गाँजाको नशामा लठ्ठ भएपछि १८ महिनाकी बालिकालाई घरबाट उठाएर झाडीमा बलात्कार,संलग्न दुईजना पक्राउ

<span class='c1'>गाँजाको नशामा लठ्ठ भएपछि १८ महिनाकी बालिकालाई</span> <span class='c2'>घरबाट उठाएर झाडीमा बलात्कार,संलग्न दुईजना पक्राउ</span>

विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले सुन्दरहरैंचा–७ का २५ वर्षीय अजय चौधरी र २९ वर्षीय मिथुन चौधरीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरि आइतबार सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा मोरङ प्रहरीका उपरीक्षक जनार्दन जिसीले घटनामा संलग्नले गाँजाको नशामा लठ्भएपछि बालिकालाई उठाएर झाडीमा ल्याउने योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

घटनामा संलग्न अजय गछिया खोलमा बालुवा चालिरहेको अवस्थामा उनकै दाई मिथुनसँग भेटघाटसँगै केरा बगानमा गएर गाँजा खाएका रहेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि अजय चौधरीले सधैं एक्लै देख्ने बालिकालाई घरमा गएर ल्याउने योजना बनाएको देखियो । आफ्ना दाजुलाई त्यसो भनेर हिडेका अजयले बालिकालाई घरबाटै टिपेर ल्याई सुरुमा करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । त्यसपछि बालिका रुन थालेसँगै बियरको बोतल र ढुंगाले टाउको हानेपछि अर्का मिथुनले पनि करणी गरेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि उनीहरु त्यहाँबाट हिडेका रहेछन् ।

प्रहरीका अनुसार गत २७ गते बेलुका ५ः३० बजे १८ महिनाकी बालिका घरबाटै हराएकी थिइन् । त्यसको एकघण्टापछि गणेशपुरको वनमारा र बयरको झाडीमा फेला पारिएको थियो । टाउकोेमा चोट, योनीमा केहि रगत जस्तो देखिने र सुरुवाल खुल्लै रहेको अवस्थामा फेला परेपछि स्थानीय गछिया अस्पताल हुँदै नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । तर, बालिकालाई २८ गते दिउँसो १२ः३६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनास्थलबाट रगत लागेको ढुंगा दुईवटा, बियरको बोतल एकथान र पीडितको सुरुवाल बरामद गरेको छ । प्रहरी उपरीक्षक जिसीले मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैदको सजाय हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्